कृषि तथा पशुपन्छी सम्बन्धी कुनै जिज्ञासा र समस्याहरूको सल्लाह र सुझाव प्राप्त हुने सेवाबाट लाभान्वित हुन सक्ने भएकोले नेपाल टेलिकमको टेलिफोन र मोवाइलबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्रि न १६६००१९५००० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
विषयः तालिमका लागि सहभागी छनौट सम्बन्धमा |
उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यशीलता सीप विकास कार्यक्रम अन्तर्गत बारिष्टा कफी मेकर तालिम १५ दिने संचालन गर्न लागिएकोले उक्त तालिममा सहभागी हुन इच्छुक महिलाहरुले तपशील बमोजिमको कागजातका साथ यसै गाउँपालिकाको सामाजिक विकास शाखामा ७ दिन भित्र निवेदन पेश गर्नु हुन अनुरोध छ ।
तपशिलः
१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि १ प्रति
३. तालिम पश्चात व्यवसायिक कार्य गर्ने प्रतिबद्धता