"सुखी, खुशी र समृद्ध इच्छाकामना ! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना !!"

header AD
संक्षिप्त विवरण

नेपालमा संविधान २०७२ अनुसार स्थापना भएका ७५३ स्थानीय तहहरूमध्ये चितवन जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेको छ। तीमध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा सम्भावनायुक्त एकमात्र गाउँपालिका हो।इच्छाकामना गाउँपालिका पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यहाँ लामो झरना जलबिरे, सिराइचुली, हात्तीवाङ, ऐतिहासिक स्थल उपरदाङगढी, धार्मिक स्थल इच्छाकामना माई मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदी तथा मुग्लिङ बजार जस्ता आकर्षक गन्तव्यहरू रहेका छन्, जसले यस क्षेत्रलाई पर्यटन विकासको केन्द्रका रूपमा स्थापित गर्न सक्ने सम्भावना बोकेको छ।यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ। यसको पूर्वमा धादिङ जिल्ला, पश्चिममा तनहुँ जिल्ला तथा भरतपुर महानगरपालिका, उत्तरमा गोरखा जिल्ला र दक्षिणमा कालिका नगरपालिका रहेका छन्। राजधानी काठमाडौंबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिममा रहेको यो क्षेत्र समुद्री सतहबाट करिब २५० मिटरदेखि १९४५ मिटरसम्मको उचाइमा फैलिएको छ।१६६.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इच्छाकामना गाउँपालिका चितवन जिल्लाको एक मात्र गाउँपालिका हो र यसमा ७ वटा वडाहरू रहेका छन्। यो गाउँपालिका साविक दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाविसहरूलाई समायोजन गरी २०७३ सालमा गठन गरिएको हो।
जनसंख्या तथा तथ्याङ्क (२०७८ जनगणना अनुसार)
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार इच्छाकामना गाउँपालिकाको कुल जनसंख्या २७,६४३ पुगेको छ, जसमा
पुरुष: १४,००७ (५०.७%)
महिला: १३,६३६ (४९.३%) रहेका छन्।
यस गाउँपालिकाको साक्षरता दर करिब ७४.१८% रहेको छ र जनघनत्व करिब १६६ जना प्रति वर्ग किलोमिटर रहेको छ। यस क्षेत्रमा गुरुङ, मगर, तामाङ, नेवार, थकाली लगायतका जनजाति, अति सीमान्तकृत चेपाङ समुदाय, अल्पसंख्यक मुस्लिम समुदाय तथा खस–आर्य (ब्राह्मण, क्षेत्री, ठकुरी, दलित) समुदायको बसोबास रहेको छ। यहाँ विविध भाषा, धर्म, संस्कृति र परम्पराहरू पाइन्छन्, जसले यस क्षेत्रलाई बहुसांस्कृतिक समाजको रूपमा चिनाउँछ।

आधारभूत जानकारी
Bagmati
Chitawan
गाउँपालिका
166.73 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 27643
Male 14007
Female 13634
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website https://ichchhakamanamun.gov.np/

Coordinates: 27.820000° N, 84.570000° E