FAQs Complain Problems

सामुदायिक बिद्यालयहरुलाई इ- हाजिरी उपकरण वितरण कार्यक्रम र यस उपकरण प्रविधि प्रयोगको बारेमा अभिमुखीकरण पनि प्रदान गरियो |

इच्छाकामना गाउँपालिकामा रहेका विद्यालयमा विद्युतीय हाजिर प्रणाली लागु हुने भएको छ । गाउँपालिकाले आज बिहिबार एक कार्यक्रम गरि विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुलाई विद्युतीय हाजिर मेसिन वितरण गरेको हो । गाउँपालिकालाई प्रविधि मैत्री स्मार्ट गाउँपालिका बनाउने अवधारणा अन्तर्गत गाउँपालिका भित्रका विद्यालयहरुमा विधुतीय हाजिर मेसिन जडान गर्न लागिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । विद्युतीय हाजिर प्रणाली लागू भएपछि शिक्षक नियमित विद्यालय उपस्थिती भए नभएको अनुगमन गर्न सहज हुने उहाँले बताउनुभयो । पहिलो चरणमा गाउँपालिकाका १५ वटा विद्यालयमा विद्युतीय हाजिर प्रणाली जडान गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार वडा नं. १ को हात्तिवाङ्ग, वडा नं. ३ को फिस्लिङ्ग र माझगाँउ, वडा नं. ४ को कुरिनटार, लेवाटार र लामीडाडाँ, वडा नं. ५ को मुग्लिन र पामडाडा, वडा नं. ६ को कालिखोला र पैरेनी वडा नं. ७ को गर्दास, सुन्दरवस्ती, रानीखोला, दाहाखानी र खेतवारीमा रहेका सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिर प्रणाली लागु गर्न लागिएको छ ।
इच्छाकामनामा ५८ वटा सामुदायीक र ५ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

आर्थिक वर्ष: