चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छाकामना भनिएको हो । गोरखाका मनकामना र गोरखकाली तथा तनहुँकी छिम्केश्वरीलाई दिदीबहिनी मान्ने चलन छ । इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनकामनाकी बहिनी भनिएको छ । किंवदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामनाबीच को ठूलो हो भन्ने विषयमा झगडा परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिइछन् । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगून् भन्ने श्राप दिइछन् । भएको पनि त्यस्तै देखिन्छ । मनकामनामा दिनहुँजसो भक्तहरूको भीड लाग्दछ भने इच्छाकामनामा विरलै मात्र भक्तहरू पुग्दछन् । गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो । तसर्थ इच्छाकामनाको स्थापना पनि मकवानपुरे सेनहरूले उत्तरी किल्लाका रूपमा रहेको पहाडको टुप्पामा गराएका हुन् । सम्भवतः पाल्पाली राजा मुकुन्द सेनले यी देवीको प्रतिष्ठापन गराएको हुन सक्छ । इच्छाकामनाको मन्दिर तले शैलीको सामान्य दुई वटा छानायुक्त छ ।
मिति २०७५-७-२९ गतेको दिन इच्छाकामना गाउँपालिका अन्तर्गत वडा नम्बर १ मा नव गठित टोल विकास संस्थाका पदाधिकारीहरुलाई परिचय एवं शुभकामना आदान प्रदान कार्यक्रम, कार्यक्रम वार्ड नम्बर १ को कार्यालय मा सन्चालन भएको थियो
आ.व.२०७५/७६ को ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खनन् गरि बिक्रि गर्ने कार्यको बोलपत्र आव्हान सम्बन्धि सूचना
इच्छाकामना गाउँपालिकाको स्यान्ग्दी खोला, काली खोला र थांगखोलाबाट दिगो रुपमा ढुंगा, गिट्टी, मिस्कट तथा वालुवा संकलन उत्खनन् कार्यको लागि गरिएको प्रारम्भिक वातावरणीय परिक्षण (Initial Environment Examination) कार्यको प्रतिवेदन
इच्छाकामना गाउँपालिकाको खगेरी खोलाबाट दिगो रुपमा ढुंगा, गिट्टी, मिस्कट तथा वालुवाको संकलन उत्खनन् कार्यको लागि गरिएको प्रारम्भिक वातावरणीय परिक्षण (Initial Environment Examination) कार्यको प्रतिवेदन
इच्छाकामना गाउँपालिकाको कुरिनघाट, बारबांग खोला, धारापानी खोला, रिग्दी खोला र त्रिशुली नदीको सोता बगरबाट दिगो रुपमा ढुंगा, गिट्टी, मिस्कट तथा वालुवा संकलन उत्खनन् कार्यको लागि गरिएको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) कार्यको प्रतिवेदन
क्याटलग / ब्रोसर सपिङ विधिबाट हेभी इक्युपमेन्ट खरिद सम्बन्धि सिलबन्दी प्रस्ताब आव्हानको सूचना