मिति 2075-11-10 देखी मिति 2075-11-11 गते सम्म इच्छाकामना गाउँपालिका वडा नं 1, भाराङ मा एकीकृत घुम्ती सेवा संचालन, नागरिकता विहिन जनताको नागरिकता बनाउदै र घुम्ती सिबिरमा स्वास्थ सेवा ,कृषि- विउ विजन वितरण ,पशुसेवा-व्यवसायिक पशुपालन ,जेष्ठ नागरिक परिचयपत्र जस्ता अन्य सुबिधाहरु उपलब्ध गराउदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारीहरु। कार्यक्रम इच्छाकामना गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त सहभागितामा आयोजना गरिएको हो ।
कुरिनटार, १७ माघ । इच्छाकामना गाउँपालिकाले दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन् । सम्पन्न चौथो गाउँ सभामा गाउँपालिकाले एमबिबिएसमा अध्ययनरत शुष्मा गुरुङ र इन्जिनियर तर्फ सन्तोष थापा क्षेत्रीलाई जनही रु ५०/५०हजारका दरले वितरण गरेका हुन् । उनिहरुको अभिभावकलाई गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्नुभयो । सैबीच गाउँसभाले दुई जना कर्मचारीलाई सम्मान गरिएको छ । जिम्मेवारीको अतिरिक्त अन्य थप भूमिका समेत निर्वाह गरी पूर्ण इमानदार भई उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तर्फबाट कर्मचारीद्वय राजन घिमिरे तथा कविता पोखरेललाई उच्च मूल्यांकन स्वरुप जनही नगद रु.१०हजार र सम्मान पत्रले कदर गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षता सम्पन्न गाउँसभाले विभिन्न ७ विद्ययकहरु समेत पारित गरेका छन् ।आर्थिक साह्यता वितरण सम्बन्धि कार्यविधि २०७५, इच्छाकामना गाउँपालिकाको अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधि २०७५, फोहोर मैला व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५, अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि २०७५, इच्छाकामना गाउँपालिकाको विद्यालय छात्रावृत्ति व्यावस्थापन सम्बन्धि कार्यविधि २०७५ , र शिक्षक छनौट सम्बिन्ध कार्यविधि २०७५ पारित गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।