FAQs Complain Problems

आन्तरीक पर्यटन प्रवर्धनको लागि उपरदाङगढीमा अन्तरक्रिया कार्यक्रम ।

इच्छाकामना गाउँपालिकाको वडा नं ७ मा रहेको नेपाल कै ऐतिहासिक एवं सुन्दर पर्यटकीय स्थान उपरदाङगढि मा आज मिति २०७७/०९/०३ गते इच्छाकामना गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि उक्त स्थानमा कार्यपालिका बैठक साथ साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवाला सबैलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा स्थानीय चेपाङ, गुरुङ र मगर समुदायको लोकल मकै, गिठा, तरुल, गुन्द्रुक , मह आदि खानेकुराले कार्यक्रमको थप रौनक थपेको थियो । पत्रकारहरुले समेत ड्रोन लगायतका क्यामेराले डकुमेन्टरी भिडियो बनाएका थिए । नेपालको एकिकरण सङ्ग कथा गाथा जोडिएको यस ऐतिहासिक एवं पर्यटकीय स्थललाई नेपाल कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन कुनै काेशिस बाँकी नराख्ने गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्युले जानकारी दिनुभयो । उपरदाङगढि चितवनको पुरानो सदरमुकाम हो जहाँ चितवन जिल्लाका सम्पुर्ण कार्यालयहरु थिए ।

आर्थिक वर्ष: