FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न।

कुनिटार, २५ माघ । चितवनको चितवनको इच्छाकामना गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आज गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको हो। गाउँपालिकाको सम्पन्न गाउँसभाले २ वटा संशोधित ऐन र १ वटा विद्येयक पारित गरेको छ। गाउँसभामा प्रस्तुत आर्थिक ऐन–२०७७ र विनियोजन ऐन–२०७७ को प्रथम संसोधन प्रस्ताव पारित भएको हो। सोहि सभाले चेपाङ समुदाय लक्षित कार्यक्रम सम्बन्धि विद्येयक पारित गरेको छ। यस्तै गाउँसभाले केहि दिन अघि कलेजोमा भएको समस्याको कारण उपचारको क्रममा दिल्लीमा निधन भएका गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष होम बहादुर राना मगरको मृत्यु भएको प्रति शोक प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष: