FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद |

कुरिनटार, ३२ साउन
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले एम्बुलेन्स खरिद गरेको छ । आव २०७५÷०७६ को बजेट निती तथा कार्यक्रममा नै एम्बुलेन्स खरिद गर्ने योजना समावेश गरेको भए पनि आर्थिक वर्ष सकिएपछि बल्ल गाउँपालिकाले खरिद गरेको हो । गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स करिब साता दिन अघि गाउँपालिका आईपुगेको छ । उक्त एम्बुलेन्स गाउँपालिकाको आव २०७५÷०७६ को बजेटबाट करिब १२ लाख लागतमा खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो । प्राविधिक कारणले ढिला खरिद भएको एम्बुलेन्स सञ्चालनको लागि छिट्टै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भैरहेको पनि अधिकृत सापकोटाले बताउनुभयो ।
यस्तै इच्छाकामनाको पहाडि भुभागमा रहेको दुरदराजका नागरिकहरुलाई बिरामी हुदाँ सहज रुपमा अस्पतालसम्म पुग्ने व्यवस्था गर्नको लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । ‘एम्बुलेन्स सञ्चालन भएपछि घण्टौ लगाएर गाउँबाट बोकेर असुरक्षित तरिकाले बिरामी ल्याउने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छौं’ –अध्यक्ष गुरुङले भन्नुभयो ।

 

आर्थिक वर्ष: