FAQs Complain Problems

इच्छाकामना गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष होम बहादुर राना मगर प्रति हार्दिक श्रद्धाञ्जली ।

 

 शोक वक्तव्य

इच्छाकामना गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष होम बहादुर राना मगरको ३८ बर्षको उमेरमा बिरामी भई उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा मिति २०७७।१०।२० गते भएको असामयिक स्वर्गारोहणले हामीलाई मर्माहत एवं स्तब्ध बनाएको छ ।शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

बुबा रणबहादुर राना मगर र आमा दिलमाया राना मगरको कोखबाट २०३८ सालमा चितवन जिल्लाको इच्छाकामना-५, खर्पनमा जन्मनुभई बि.सं २०५८ सालमा चितवन जिल्ला इच्छाकामना -४, चेरेश, केबलकारमा  बसाई सरी आउनुभएका राना मगरको आमा, एक श्रीमती र एक छोरी हुनुहुन्छ ।

अत्यन्तै सरल र सहयोगी स्वभावका बिकासप्रेमी राना मगर वडाको बिकास र वडाबासीको समृद्धिका साथै समग्र गाउँपालिकाको बिकासमा अहोरात्र क्रियाशील हुनुहुन्थ्यो । लामो समय विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहि क्रियाशील रहनुभएका उहाँ २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई इच्छकामना गाउँपालिका वडा नं ४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।  उहाँको निधनले सिङ्गो इच्छाकामना गाउँपालिका परिवारलाई अपूरणीय क्षति पुगेको छ । उहाँले वडा नं ४ र समग्र गाउँपालिकालाई पुर्याउनुभएको अतुलनिय योगदानको उच्च कदर गर्दछौँ ।

अन्त्यमा यस शोकको घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । साथै दिवंगत वडा अध्यक्ष होम बहादुर राना मगरको सम्मानमा मिति २०७७ माघ २२ गते गाउँपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द हुने जानकारी गराउँदछौँ ।

२१ माघ २०७७               

                                                           

 गिता कुमारी गुरुङ

      अध्यक्ष

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: