FAQs Complain Problems

प्रयोगशाला सेवा उद्घाटन समारोह । इच्छाकामना गाउँपालिका।

कुरिनटार, ११ पुष । दारेचोक स्वास्थ्यचौकीमा आज देखि प्रयोगशाला संचालनमा आएको छ । आज गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच प्रयोगशालाको उद्घाटन गर्नुभएको हो । 
प्रयोगशालाको उद्घाटन गर्दै अध्यक्ष गुरुङले आर्थिक अभावले अस्पताल जान नसक्दा आफुलाई के रोग लागेको समेत थाहा नपाउदाँ ठूला समस्यहरु बेहोर्दै आएकाले प्रयोगशाला संचालनमा ल्याएको बताउनुभयो । अन्य अस्पताल भन्दा कम शुल्कमा प्रयोगशाला सेवा दिईने बताउनुभयो । 
सुगर र टिबी रोगका लागि खकार परिक्षण गर्न निशुल्क प्रयोशाला सेवा दिईने जानकारी समेत दिनुभयो ।

आर्थिक वर्ष: