FAQs Complain Problems

इच्छाकामना गाउँपालिकाको वडा नं १ को गाउँ “थाप्राङ” मा खानेपानीको १ घर १ धारा उद्घाटन ।

इच्छाकामना गाउँपालिकाको वडा नं १ को दुर्गम गाउँ “थाप्राङ”जहाँ विगतका दिनहरुमा खानेपानीको चरम अभाव थियो उक्त गाउँमा गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्यूबाट खानेपानीको समस्या समाप्त पार्ने घोषणा गरेको ४५ दिनमा ७१ घरमा “एक घर एक धारा” निर्माण भई खानेपानीको उद्घाटन गाँउपालिका अध्यक्षबाट भएको छ । उक्त गाउँमा खानेपानी मात्र नभएर यस योजना मार्फत शौचालय निर्माण र व्यक्तिगत स्वच्छतामा समेत व्यापक सुधार आएको छ । यो परियोजना निर्माणका लागि ईच्छाकामना गाँउपालिकाबाट रु. ६,८३,८६३ र रु. ४,४५,६३४ जनश्रमदान (पाईपलाईन खन्ने पुर्ने गरेर) र (WWH) डब्लु डब्लु एच संस्थाले (RRN )आर आर एन संस्था मार्फत रु २०, १५, ७९१ जम्मा रु ३१४५२६१ मा योजना सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष श्री नन्दलाल गिरी, वडा सदस्य श्री भद्र बहादुर चेपाङ, WWH का श्री आनन्द गौतम, RRN का प्रतिनिधिहरु लगायत स्थानीय बासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: