इच्छाकामना गाउँपालिका र राष्ट्रिय योजना आयोगको आयोजना तथा विश्व खाद्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमको प्राविधिक सहयोगमा १९ देखि २१ भाद्र २०८० सम्म सञ्चालन हुने "खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा तालिम" को आज पहिलो दिन औपचारिक सत्र सहित खाद्य प्रणालीको विषवस्तुमा प्रवेश भएको छ । उक्त औपचारिक कार्यक्रम इच्छकामना गाउँपालिकाको अध्यक्ष्य श्री दान बहादुर गुरूङको अध्यक्षता, राष्ट्रिय योजना आयोग सदस्य माननीय श्री डा. जयकान्त राउतको प्रमुख आतिथ्य, विशिष्ट अतिथिद्वय इच्छाकामना गाउँपालिका उपाध्यक्ष श्री माया सिलवाल र प्रमुख प्रशासकीय अधिकृत श्री जगत प्रसाद भुसाल, अतिथि महानुभावहरू श्री वडाध्यक्ष इच्छाकामना गाउँपालिका (वडा १-७), इच्छाकामना गाउँपालिका विभिन्न शाखागत प्रमुख/प्रतिनिधि, नेपाल उद्योग वाणिज्य संघ, बीउ व्यवसायी, अगुवा कृषक/कृषक समूह प्रतिनिधि र पत्रकारहरुको सहभागीतामा सुसम्पन्न भएको छ । खाद्य प्रणालीको विषवस्तुमा सहजिकरण गर्नु हुने विश्व खाद्य संगठनका श्री पुष्प श्रेष्ठ, राष्ट्रिय योजना आयोगका श्री चन्द्र बहादुर थापा, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका श्री महेश खरेल र विश्व खाद्य संगठनकी श्री निर्मला गुरूङ विशेष धन्यवादको पात्र हुनुहुन्छ ।
"सुखी, खुशी र समृद्ध इच्छाकामना ! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना !!"
मिति २०८० भाद्र १८ गते सोमबार इच्छाकामना गाउपालिकामा विभिन्न कार्यालयबाट सरुवा भएर आउनुभएका कर्मचारी तथा नवनियुक्त कर्मचारीहरुका लागि कार्यालयको तर्फबाट गरिएको स्वागत कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नं ६ का वडाअध्यक्ष लक्ष्मण प्रजाले मन्तव्य प्रदान गर्नुभएको थियो ।