आमा बाबु विहिन बालबालिकाहरुको विवरण संकलन सम्बन्धमा !!!
आ.व.२०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार यस इच्छाकामना गाउँपालिका भित्रका बाबु आमा विहिन बालबालिकाहरुको संरक्षणको कार्यक्रम संचालनका लागि देहाय बमोजिमको कागजात सहित आ-आफ्नो वडा कार्यालयमा रहेका बालबालिकाहरुको विवरण ३ (तीन) दिन भित्र यथा सिघ्र उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।
दोस्रो पटक प्रकाशित सूचना
विषयः पुनः एकीकरण कार्यक्रममा सहभागी हुन आवेदन दिने सम्बन्धी सूचना ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पूँजी, सीप, प्रविधि र अनुभव नेपालमा नै उद्यमशीलताको विकास तथा सीपको प्रवर्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक पुनः एकीकरण कार्यक्रम संचालन गर्न नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी भएको छ ।
उक्त पुनः एकीकरण कार्यक्रममा सहभागी हुन चाहने इच्छाकामना गाउँपालिका भित्र बसोबास गर्ने वैदेशिक रोजगारबाट फर्केका इच्छुक व्यक्तिहरुले नागरिकता र राहदानीको फोटोकपी सहित निर्देशिकाले तोकेको ढाँचामा इच्छाकामना गाउँपालिका, रोजगार सेवा केन्द्रमा चैत्र ३० गते भित्र निवेदन पेश गर्नुहुन सुचित गरिन्छ ।
थप जानकारीका लागि आकाश शेरचन, सम्पर्क नं. ९८५५०५३६३३