इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारितगाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा ऐन, नियमावलि र कार्यविधि पारित गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले बताउनुभयो ।
सभाले स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, शिक्षा ऐन, कृषि, व्यवसाय ऐन, एफ एम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि २०७४, पशासकिय कार्यविधि ऐन,उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धि कार्यविधि, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विद्यायक, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानुन, सहकारी ऐन, बजार अनुगम निर्देशिका, कर्मचारी आचारसंहिता २०७४, भवन निर्माण प्रमाणिकरण कार्यविधि २०७४,घर बहाल कर नियमावली,प्राविधिक कर्मचारी व्यावस्थापन कार्यविधि सम्बन्धि २०७४, घर नक्सा कार्यविधि २०७४, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापपन गर्न बनेको विद्यायक २०७४, टोल विकास संचालन कार्यविधि र एकिकृत सम्पती कर ऐन रहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
मिति २०७४-१२-१४ गतेका दिन इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु । यस कार्यक्रममा स्थानिय बिकास अधिकारी LDO, चितवन जिल्ला समन्मय समितिका अधिकारीहरु, पुननिर्माण प्राविधिकरण चितवनका प्रमुख राजेन्द्र कार्की , इच्छाकामना गाउँपालिका का अध्यक्ष, इच्छाकामना गाउँपालिका का उपाध्यक्ष, इच्छाकामना गाउँपालिका का प्रशासकीय अधिकृत इच्छाकामना गाउँपालिका का वार्ड अध्यक्षहरु, समाजसेवीहरु, पत्रकारहरु लगायत अन्य सरोकारवाला व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
भोली मिति २०७४-१२-१३ का दिन इच्छाकामना गाउँपालिका को प्राङण मा भुकम्प पीडित ( दोश्रो किस्ता प्राप्त ) को लागि काठ (चिरान गरिएको ) वितरण गरिने भएकोले सम्पूर्ण भुकम्प पीडित (दोश्रो किस्ता ) प्राप्त लाई काठ लिन आउनु हुन सुचना गरिन्छ । नोट: कार्यालय समय बिहान १० देखी बेलुका ५ बजे सम्म।
हाम्रो देश नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो । लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदी, मुग्लिङ्ग बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो । यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगरपालिका, उत्तरमा गोर्खा र दक्षिणमा कालिका नगरपालिका रहेका छन् । राजधानी काठमाण्डौं देखि करिब १०० कि.मि. दक्षिण पश्चिममा रहेको यो गाउँपालिका समुन्द्री सतह ५०० मि.उचाइ देखि १५०० मि.उचाइमा अवस्थित छ । २७०४८३५.३९ उत्तरीअक्षांश देखि ८३०३४९७.५ पूर्वी देशान्तर सम्म फैलिएको छ । क्षेत्रफल १६६.६७ वर्ग किलोमिटर रहेको यस गाउँपालिका चितवन जिल्लाको एक मात्र गाउँपालिका हो । यस गाउँपालिकामा ७ वटा वडाहरु छन् । वि.स. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २५०१२ रहेको मध्ये १२५५२ महिला र १२४६० पुरुष छन् । वि.स. २०७४ को निर्वाचन तथ्याङ्ख अनुसार कुल मतदाता ११७१७ रहेको छ । साविक दारेचोक, चण्डिभञ्ज्याङ्ग, काउले र दाहाखानी गा.वि.स.का सबै वडाहरुलाई मर्ज गरेर ७ वटा वडाहरु रहेको यस इच्छाकामना गाउँपालिका जनजातीहरुमा (गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली) अति सिमान्तकृत चेपाङ्ग, अल्पसंख्यक मुस्लिम तथा खस आर्यमा ब्रामहण, क्षेत्री, ठकुरी र दलित बसोबास गर्छन । विभिन्न जातजाति एवम् भाषा, धर्म र संस्कृति भएको यस क्षेत्रमा जनजातिको बाहुल्यता रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँपालिकाले बिकासको सम्भावना बोकेको छ |