यस इच्छाकामना गाउँपालिकाका आ.ले.प. श्री सुदिपराज वाग्लेज्यूको भरतपुर महानगरपालिकामा सरुवा हुनु भई जान लाग्नु भएको हुँदा यहाँले यस गाउँपालिकामा रहँदा पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै आगामी दिनहरुमा सफल कार्यकाल तथा उज्जवल भबिष्यको शुभकामना व्यक्त गर्दछौ । शुभ यात्रा ।
इच्छाकामना गाउँकार्यपालिकाको कार्यालय परिवार
उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यशीलता सीप विकास कार्यक्रम अन्तरगत १५ दिने वारिष्टा कफी मेकर तालिम संचालन गर्नको लागि गरिएको सूचनाबाट पर्न आएका आवेदन अनुसार सहभागी छनौट गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
कृषि तथा पशुपन्छी सम्बन्धी कुनै जिज्ञासा र समस्याहरूको सल्लाह र सुझाव प्राप्त हुने सेवाबाट लाभान्वित हुन सक्ने भएकोले नेपाल टेलिकमको टेलिफोन र मोवाइलबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्रि न १६६००१९५००० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
विषयः तालिमका लागि सहभागी छनौट सम्बन्धमा |
उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यशीलता सीप विकास कार्यक्रम अन्तर्गत बारिष्टा कफी मेकर तालिम १५ दिने संचालन गर्न लागिएकोले उक्त तालिममा सहभागी हुन इच्छुक महिलाहरुले तपशील बमोजिमको कागजातका साथ यसै गाउँपालिकाको सामाजिक विकास शाखामा ७ दिन भित्र निवेदन पेश गर्नु हुन अनुरोध छ ।
तपशिलः
१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि १ प्रति
३. तालिम पश्चात व्यवसायिक कार्य गर्ने प्रतिबद्धता