प्रस्तुत विषयका सम्बन्धमा मिति २०८०/०१/१५ गते बसेको इच्छाकामना गाउँपालिका गाउँ शिक्षा समिति र वडा अध्यक्षहरुको संयुक्त बैठकको निर्णय बमोजिम गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने भएको हुदा सम्बन्धित वडाभित्र रहेका विद्यालय उमेर समूहका ४ वर्ष पूरा भई १३ वर्ष ननाघेका विचैमा पढाइ छाडेका, आर्थिक रुपले विपन्न, भौगोलिक विकटता, शारीरिक तथा मानसिक रुपमा अशक्त अपाङ्ग, विद्यालय बाहिर रहेका बालबालिका वा कुनै पनि प्रतिकूलताका कारण विद्यालय जान नसकेका वालवालिकाहरुसँग सम्बन्धित देहायका कार्यहरु १५ दिनभित्र प्रभावकारी रुपमा सम्पन्न गरी बिल भर्पाइ र प्रगति विवरण सहित गाउँपालिकामा पेश गर्नहुन अनुरोध छ ।
उपरोक्त सम्बन्धमा यस इच्छाकामना गाउँपालिकाको आ. व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम महिला उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत चुरा पोते सम्बन्धी व्यवसायिक तालिम १५ दिने संचालन गर्न लागिएकोले उक्त तालिममा सहभागी हुन इच्छुक महिलाहरुले तपशील बमोजिमको कागजातका साथ यसै गाउँपालिकाको सामाजिक विकास शाखामा ७ दिन भित्र निवेदन पेश गर्नु हुन अनुरोध छ ।
तपशिलः
१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि १ प्रति
३. तालिम पश्यात व्यवसायिक कार्य गर्ने प्रतिवद्धता