इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारितगाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा ऐन, नियमावलि र कार्यविधि पारित गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले बताउनुभयो ।
सभाले स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, शिक्षा ऐन, कृषि, व्यवसाय ऐन, एफ एम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि २०७४, पशासकिय कार्यविधि ऐन,उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धि कार्यविधि, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विद्यायक, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानुन, सहकारी ऐन, बजार अनुगम निर्देशिका, कर्मचारी आचारसंहिता २०७४, भवन निर्माण प्रमाणिकरण कार्यविधि २०७४,घर बहाल कर नियमावली,प्राविधिक कर्मचारी व्यावस्थापन कार्यविधि सम्बन्धि २०७४, घर नक्सा कार्यविधि २०७४, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापपन गर्न बनेको विद्यायक २०७४, टोल विकास संचालन कार्यविधि र एकिकृत सम्पती कर ऐन रहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
मिति २०७४-१२-१४ गतेका दिन इच्छाकामना गाउँपालिका वार्ड नम्बर-४ तिन-घरे का जोखिम ग्रस्त क्षेत्रका ५ घर धुरीका जनतालाई लालपुर्जा बितरण कार्यक्रमको केही झलक हरु । यस कार्यक्रममा स्थानिय बिकास अधिकारी LDO, चितवन जिल्ला समन्मय समितिका अधिकारीहरु, पुननिर्माण प्राविधिकरण चितवनका प्रमुख राजेन्द्र कार्की , इच्छाकामना गाउँपालिका का अध्यक्ष, इच्छाकामना गाउँपालिका का उपाध्यक्ष, इच्छाकामना गाउँपालिका का प्रशासकीय अधिकृत इच्छाकामना गाउँपालिका का वार्ड अध्यक्षहरु, समाजसेवीहरु, पत्रकारहरु लगायत अन्य सरोकारवाला व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
भोली मिति २०७४-१२-१३ का दिन इच्छाकामना गाउँपालिका को प्राङण मा भुकम्प पीडित ( दोश्रो किस्ता प्राप्त ) को लागि काठ (चिरान गरिएको ) वितरण गरिने भएकोले सम्पूर्ण भुकम्प पीडित (दोश्रो किस्ता ) प्राप्त लाई काठ लिन आउनु हुन सुचना गरिन्छ । नोट: कार्यालय समय बिहान १० देखी बेलुका ५ बजे सम्म।
नेपालमा संविधान २०७२ अनुसार स्थापना भएका ७५३ स्थानीय तहहरूमध्ये चितवन जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेको छ। तीमध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा सम्भावनायुक्त एकमात्र गाउँपालिका हो।इच्छाकामना गाउँपालिका पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यहाँ लामो झरना जलबिरे, सिराइचुली, हात्तीवाङ, ऐतिहासिक स्थल उपरदाङगढी, धार्मिक स्थल इच्छाकामना माई मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदी तथा मुग्लिङ बजार जस्ता आकर्षक गन्तव्यहरू रहेका छन्, जसले यस क्षेत्रलाई पर्यटन विकासको केन्द्रका रूपमा स्थापित गर्न सक्ने सम्भावना बोकेको छ।यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ। यसको पूर्वमा धादिङ जिल्ला, पश्चिममा तनहुँ जिल्ला तथा भरतपुर महानगरपालिका, उत्तरमा गोरखा जिल्ला र दक्षिणमा कालिका नगरपालिका रहेका छन्। राजधानी काठमाडौंबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिममा रहेको यो क्षेत्र समुद्री सतहबाट करिब २५० मिटरदेखि १९३० मिटरसम्मको उचाइमा फैलिएको छ।१६६.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इच्छाकामना गाउँपालिका चितवन जिल्लाको एक मात्र गाउँपालिका हो र यसमा ७ वटा वडाहरू रहेका छन्। यो गाउँपालिका साविक दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाविसहरूलाई समायोजन गरी २०७३ सालमा गठन गरिएको हो।
जनसंख्या तथा तथ्याङ्क (२०७८ जनगणना अनुसार)
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार इच्छाकामना गाउँपालिकाको कुल जनसंख्या २७,६४३ पुगेको छ, जसमा
पुरुष: १४,००७ (५०.७%)
महिला: १३,६३६ (४९.३%) रहेका छन्।
यस गाउँपालिकाको साक्षरता दर करिब ७४.१८% रहेको छ र जनघनत्व करिब १६६ जना प्रति वर्ग किलोमिटर रहेको छ। यस क्षेत्रमा गुरुङ, मगर, तामाङ, नेवार, थकाली लगायतका जनजाति, अति सीमान्तकृत चेपाङ समुदाय, अल्पसंख्यक मुस्लिम समुदाय तथा खस–आर्य (ब्राह्मण, क्षेत्री, ठकुरी, दलित) समुदायको बसोबास रहेको छ। यहाँ विविध भाषा, धर्म, संस्कृति र परम्पराहरू पाइन्छन्, जसले यस क्षेत्रलाई बहुसांस्कृतिक समाजको रूपमा चिनाउँछ।























राजस्व सुधार कार्ययोजना