विशेषज्ञ सूचिमा सूचिकृत हुनुभएका शिक्षकहरुको नाम सूचि प्रकाशित गरिएको सम्बन्धमा ।
विशेषज्ञ सूचिमा सूचिकृत हुनुभएका शिक्षकहरुको नाम सूचि प्रकाशित गरिएको सम्बन्धमा ।
विषय – सूचना प्रकाशित गरिएको बारे ।
श्री सरोकारवालाहरु सबै ।
प्रस्तुत विषयमा यस इच्छाकामना गाउँपालिका चितवन जिल्लाको ७ वटा स्थानीय तहहरु मध्ये एक मात्र गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १६६.६३ वर्ग कि.मी, जनसंख्या २५,०१२ र ७ वटा वडाहरु रहेका छन् । यहाँ सिमान्तकृत चेपाङ जाती, गुरुङ, मगर, दलित, क्षेत्री र बाहुन आदि जातजातीहरुको बसोबास रहेको छ । भौगोलिक दृष्टिकोणले अत्यन्त दुर्गम ठाउँहरु रहेको यस गाउँपालिकाका जनताहरु धेरै जसो गरिबीको रेखामुनी छन् र अशिक्षा र स्वास्थ्य उपचारको कमि यस गाउँपालिकामा रहेको छ तसर्थ यस गाउँपालिकाको विकासमा यस गाउँपालिका सँग सहकार्य र समन्वय गरि सहयोग गर्न चाहनु हुने सम्पूर्ण संघ, संस्था, गैर सरकारी संस्थाहरुलाई यस गाउँपालिका कार्यालयले स्वागत गर्दै सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौँ ।
इच्छाकामना गाउँपालिकाद्वारा आयाेजित आ.व. २०७६/०७७ का लागि बजेट निर्माणका लागि अभिमुखीकरण कार्यक्रमकाे झलकहरू । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ३, हेटौंडाका मन्त्री माननीय दावा दाेर्जे लामा ज्यू र प्रदेश सभासद माननीय गीता वाग्ले ज्यू र प्रदेश सभासद माननीय घनश्याम दाहाल ज्यू ।
इच्छाकामना गाउँपालिका वडा नं.-७, स्याङदी, भालुमारामा नवनिर्मित भवन तथा सामुदायिक स्वास्थ्य इकाई उद्.घाटन समारोह । इच्छाकामना गाउँपालिकाका सम्पुर्ण जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य ।
इच्छाकामनामा आन्तरिक आयको व्यावस्थापन सम्बन्धी अन्तरकृयात्मक तथा अभिमूखीकरण गोष्ठी सुरु भएको छ ।गोष्ठीको उद्घाटन गर्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुले गाउँपालिकाको विकासका लागि सबै व्यावसायीहरुले कर तिर्नु पर्ने बताउनुभयो । अध्यक्ष गुरुङले सबै व्यावसायीहरुलई करको दायरामा ल्याउन सहयोग पुग्ने उदेश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले सबै सरोकारवालाहरुसंग छलफल गरेर कर निर्धारण गरेको बताउनुभयो । दुई दिन सम्म चल्ने अभिमूखीकरण गोष्ठीमा गाउँपालिका भित्र रहेका व्यावसायीहरुको सहभागीता रहेका छन् । करको बारेमा व्यासायीहरुलाई यस सम्बन्धित विज्ञहरुबाट अभिमुखीकरण दिईने छ ।