कुरिनटार, ३२ साउन
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले एम्बुलेन्स खरिद गरेको छ । आव २०७५÷०७६ को बजेट निती तथा कार्यक्रममा नै एम्बुलेन्स खरिद गर्ने योजना समावेश गरेको भए पनि आर्थिक वर्ष सकिएपछि बल्ल गाउँपालिकाले खरिद गरेको हो । गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स करिब साता दिन अघि गाउँपालिका आईपुगेको छ । उक्त एम्बुलेन्स गाउँपालिकाको आव २०७५÷०७६ को बजेटबाट करिब १२ लाख लागतमा खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो । प्राविधिक कारणले ढिला खरिद भएको एम्बुलेन्स सञ्चालनको लागि छिट्टै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भैरहेको पनि अधिकृत सापकोटाले बताउनुभयो ।
यस्तै इच्छाकामनाको पहाडि भुभागमा रहेको दुरदराजका नागरिकहरुलाई बिरामी हुदाँ सहज रुपमा अस्पतालसम्म पुग्ने व्यवस्था गर्नको लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । ‘एम्बुलेन्स सञ्चालन भएपछि घण्टौ लगाएर गाउँबाट बोकेर असुरक्षित तरिकाले बिरामी ल्याउने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छौं’ –अध्यक्ष गुरुङले भन्नुभयो ।
इच्छाकामना गाउँपालिकाको आ.व २०७७/०७८ को करको दर रेट |
इच्छाकामना गाउँपालिकाको आ.व २०७६/०७७ को करको दर रेट |
इच्छाकामना गाउँपालिकाका खेलाडीहरुलाई हार्दिक बधाई
१.सर्वशान्ति मा.वि. का जोसरा थापा मगर प्रथम
२.मर्स्याङन्दी शिक्षा सदन का सन्चिता थापा मगर दिृतिय
३.प्रगतिपाठशालाका मिलन गुरुङ दिृतिय
४.सर्वशान्ति कै सान् नानी गुरुङ र असोक चेपाङ दिृतिय
इच्छाकामना गाउँपालिकाका चेली सर्ब शान्ति मा.वि.कक्षा ९ मा अध्यानरत छात्रा #जोसारा थापा फ़ेरि खेल खेल्न चितवन जिल्ला को प्रतीनिधित्व गर्दै प्रदेश जाने तयारी!
फलफुलको बिरुवा बितरण गरियो, दिगो बिकास को निम्ति आर्थिक बिकास गर्न कृषि कार्यक्रम ।।