इच्छाकामना गाउँपालिकाको वडा नं ७ मा रहेको नेपाल कै ऐतिहासिक एवं सुन्दर पर्यटकीय स्थान उपरदाङगढि मा आज मिति २०७७/०९/०३ गते इच्छाकामना गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि उक्त स्थानमा कार्यपालिका बैठक साथ साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवाला सबैलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा स्थानीय चेपाङ, गुरुङ र मगर समुदायको लोकल मकै, गिठा, तरुल, गुन्द्रुक , मह आदि खानेकुराले कार्यक्रमको थप रौनक थपेको थियो । पत्रकारहरुले समेत ड्रोन लगायतका क्यामेराले डकुमेन्टरी भिडियो बनाएका थिए । नेपालको एकिकरण सङ्ग कथा गाथा जोडिएको यस ऐतिहासिक एवं पर्यटकीय स्थललाई नेपाल कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन कुनै काेशिस बाँकी नराख्ने गाउँपालिका अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्युले जानकारी दिनुभयो । उपरदाङगढि चितवनको पुरानो सदरमुकाम हो जहाँ चितवन जिल्लाका सम्पुर्ण कार्यालयहरु थिए ।
इच्छाकामना गाउँपालिकामा कोभिड १९ अस्थाई अस्पताल/ आईसोलेसन आज मिति २०७७ पौष २ गते इच्छाकामना गाउँपालिकाको अध्यक्ष श्री गीता कुमारी गुरुङ ज्यु र उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ ज्यु बाट संयुक्त रुपमा समुद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।
इच्छाकामना गाउँपालिकाको आ. व २०७६/०७७ को बार्षिक प्रगति समिक्षा र आ.व २०७७/०७८ काे प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम साथसाथै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत र सम्मान गरियो ।