ट्राफिक कार्यालय भवन शिलान्यस कार्यक्रम मिति २०७७।११।०४ गाउँपालिका अध्यक्ष श्री गिता कुमारी गुरुङ , उपाध्यक्ष श्री कृति कुमार श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्त्तिहरु ।
यस गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व २०७७।०७८ को न्यूनतम १०० दिनको रोजगारीका लागि आवेदन दिनुभएका व्यक्त्तिहरु मध्ये प्राथमिकरण निर्धारण अनुसारको सूचि ।
आ.व २०७८।७९ का लागि बेरोजगार व्यक्त्ति सूचिकरण सम्बन्धि सूचना !!!
कुनिटार, २५ माघ । चितवनको चितवनको इच्छाकामना गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आज गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको हो। गाउँपालिकाको सम्पन्न गाउँसभाले २ वटा संशोधित ऐन र १ वटा विद्येयक पारित गरेको छ। गाउँसभामा प्रस्तुत आर्थिक ऐन–२०७७ र विनियोजन ऐन–२०७७ को प्रथम संसोधन प्रस्ताव पारित भएको हो। सोहि सभाले चेपाङ समुदाय लक्षित कार्यक्रम सम्बन्धि विद्येयक पारित गरेको छ। यस्तै गाउँसभाले केहि दिन अघि कलेजोमा भएको समस्याको कारण उपचारको क्रममा दिल्लीमा निधन भएका गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष होम बहादुर राना मगरको मृत्यु भएको प्रति शोक प्रस्ताव पारित गरेको छ।


























































राजस्व सुधार कार्ययोजना